अर्थ

स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत व्यापक खर्च कटौतीको तयारी गरेको छ । राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा परेपछि सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने रणनीति लिएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितको हिसाबले सुविधाजनक अवस्था नरहेकाले बजेट निर्माण गर्दा मितव्ययीता र खर्च कटौतीलाई ध्यान दिने बताउनुभयो । आउँदो बजेटबारे विकास साझेदारसँग हिजो अर्थ मन्त्रालयमा छलफल गर्दै उहाँले सीमित स्रोतसाधनलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने धारणा व्यक्त गर्नुभयो । चालू आर्थिक वर्षमै लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा हिजोसम्म सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँ घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ । साउन १ गतेदेखि वैशाख ३० गतेसम्मको अवधिमा सरकारले ९ खर्ब ४२ अर्ब ८८ करोड ७ लाख रुपैयाँ आम्दा...
आयल निगम करिब १० अर्ब नाफामा

आयल निगम करिब १० अर्ब नाफामा

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ञसमयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ । हामी करिब १० अर्ब नाफामा छौंझ, उनले भने । त्यस्तै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । भट्टले भने, ञस्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।झ ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको उनले दाबी गरे । केही नयाँ कामको...
चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

अर्थ, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा मंसिर १५ गते शनिबार चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुने भएको छ । जलकन्या फिल्मको ब्यानरमा निर्माण भएको गुरुङ साँस्कृतिमा आधारित नेपाली चलचित्र “जिउनी“ काठमाडौं, चितवन, पोखरा, बेशिसहरको अपार सफलता पछि आँबुखैरेनीमा प्रर्दशन हुन लागेको हो । आँबुखैरेनी गाउँपालिका–३, पानी घट्टस्थित माई छिम्केश्वरी तमू सुधार समाजको भवनमा शनिबार एकै दिन ३ शो (मध्याह्न १२ बजे, दिउँसो ३ बजे र साझ ६ बजे) चलचित्र प्रर्दशनको तयारी भएको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । जनक गुरुङको निर्देशन तथा गोठ बहादुर गुरुङ र रसमाया गुरुङको निर्माणमा तयार भएको नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ मा मुख्य कलाकारहरु टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, सीता गुरुङ, कुमार सामरी घले, रबिन गुरुङ, गडुलध्वज गुरुङ, मुना गुरुङ, माया गुरुङ, कमला गुरुङ, भविश्वर गुरुङ, नवीन गुरु...
७२ लाखको कारोबारसंगै दोस्रो फ्लोरा एक्स्पो सम्पन्न, फोटो फिचरसहित

७२ लाखको कारोबारसंगै दोस्रो फ्लोरा एक्स्पो सम्पन्न, फोटो फिचरसहित

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । तिहारको उत्सव, फूलको महोत्सव भन्ने मुल नाराका साथ सुरु भएको तिहार फ्लोरा एक्स्पो–२०८१ सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको हो । गत शुक्रवारबाट काठमाडौको भृकुटीमण्डपमा मंगलबारसम्म चलेको तिहार लक्षित तिहार फ्लोरा एक्सपोमा नर्सरी जन्य विरुवाहरु लगायत मलखाद, औजार प्रर्दशनमा राखेको थियो । तिहार फ्लोरा एक्सपोमा ६५ वटा ब्यवसायीक स्टल र बनस्पती बिभाग ,पुष्प विकास केन्द्र विकास र अफिसियल सहित ७० वटा स्टल राखीएको थियो । यस मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमीहरूलाई उत्साहित गर्न गरिएको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनु भयो । व्यवसायी र उपभोक्ताको दुरी घटाउने र नर्सरी ब्यवसायीहरुले उत्पादन गरेका कृर्षि तथा बन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भ...
तमु हे बचत तथा ॠण सहकारी संस्थाको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न

तमु हे बचत तथा ॠण सहकारी संस्थाको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
मनु कोन्मे गुरुङ, काठमाडौं । तमु हे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । तमु हे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिम बहादुर गुरुङको अध्यक्षतामा र पूर्वअध्यक्ष प्रेम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाको गोरखा प्यालेस बालाजुमा भएको साधारणसभामा पूर्वअध्यक्ष एंवं सल्लाहकार तथा तमु ह्युल छोंज गुरुङ राष्ट्रिय परिषदका सह–कोषाध्यक्ष ई. गंगा बहादुर गुरुङ ,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सचिव जिएस गुरुङ, संस्थाका पूर्वप्रबन्धक टीका सिहं गुरुङ, उपाध्यक्ष याम बहादुर गुरुङ, कोषाध्यक्ष दुर्गा बहादुर गुरुङ, सचिव बिमल गुरुङ, सदस्य मिना गुरुङ, सदस्य दल बहादुर गुरुङ, लेखा सुपरिवेक्षण समितिका संयोजक रुद्र बहादुर गुरुङ, संस्थाका पदाधिकारीहरु, शेयरधनी, निक्षेप कर्ता, बुद्धिजीवी लगायतको उपस्थिति थियो । ...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । थप सामग्री Showing Exchange ...
‘तिहार फ्लोरा एक्स्पो–२०८१’ सुरु

‘तिहार फ्लोरा एक्स्पो–२०८१’ सुरु

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, मनोरञ्जन, समाचार
काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ सुरु भएको छ । आजदेखि भृकुटीमण्डपमा तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने मुल नाराका साथ पाँच दिने तिहार विशेष फ्लोरा एक्स्पो सुरु भएको हो । आजदेखि जारी उक्त प्रदर्शनी १३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहेको आयोजकले जनाएको छ । करिब ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने समेत आयोजकले जनाइएको छ । मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रि वितरणको लागि राखिएको छ । सा...
माथिल्लो तामाकोशी पुन: र्निर्माण गर्न दुई अर्ब ५० करोड लाग्ने

माथिल्लो तामाकोशी पुन: र्निर्माण गर्न दुई अर्ब ५० करोड लाग्ने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
दोलखा । बाढी पहिरोबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको संरचना पुनः निर्माणका लागि करिब दुई अर्ब भन्दा बढि खर्च लाग्ने भएको छ । केन्द्रको क्षतिग्रस्त संरचनाको पुनः निर्माण गरि विद्युत उत्पादनलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड खर्च लाग्ने केन्द्रले जनाएको छ । बाढीले दुई अर्ब बढिको क्षति भएको अनुमान छ । बाढी पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधतर्फको अधिकांश संचरनामा क्षति पुुगेको र सिभिल तथा हाईड्रोईलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ । बाढीका कारण ६ वटा युनिटको विद्युत उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोड बराबरको घाटा भएको अनुमान छ । आयोजनाबाट २१ करोड ४३ लाख युनिट विद्युत उत्पादन हुन नसक्दा गत महिना मात्रै ८५ करोड घाटा भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोसाले जानकारी दिनुभयो । आगामी मंसिर...
युवा व्यवसायीको सञ्जाल भाइब्स म्यानेजमेन्टको साधारणसभा सम्पन्न

युवा व्यवसायीको सञ्जाल भाइब्स म्यानेजमेन्टको साधारणसभा सम्पन्न

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
भक्तपुर । विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरुद्धारा सञ्चालित भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको साधारणसभा सम्पन्न भएको छ । युवाहरुको साझा व्यवसायिक संस्था भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारणसभा विहीबार सम्पन्न भएको हो । युवा व्यवसायीहरुले २०७९ श्रावण ३० गते सो कम्पनीको स्थापना गरेको थियो । कम्पनी स्थापना भएको दुई वर्ष पुरा भएको अवसरमाआश्विन १७ गते दोस्रो साधारणसभा सम्पन्न गरेका हुन् । कम्पनीको संस्थापक अध्यक्ष साजन श्रेष्ठको अध्यक्षता सम्पन्न साधारणसभा भक्तपुरका स्थानीय सफल उद्यमी एवं सामाजिक अभियान्ता सुरेन्द्र जाकीबन्जारको प्रमुख अतिथ्यतामा भएको थियो । त्यस संस्थामा वचत तथा ऋण सहकारी, बहुउद्देश्य सहकारी, विभिन्न व्यवसायको इन्भेस्टमेन्ट कम्पनी, ट्रेडिङ कम्पनीहरू आवद्ध रहेका छन् । संस्थाका अध्यक्ष साजन श्रेष्ठले स–सानो लगानी संकलन गरेर उ...
राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर

राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज विभिन्न देशका विदेशी मुद्राको खरिद तथा विक्रीका लागि विनिमय दर निर्धारण गरिएको हो । राष्ट्र बैंकले आजको लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज