
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् ।
“लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...