
कैलाली कारागार झडप प्रकरण: पटक–पटक जानकारी गराउँदा पनि प्रशासनले चासो नदिएको घाइतेका आफन्तको आरोप
धनगढी । कैलाली कारागारमा भएको झडप जिल्ला प्रशासन कार्यालय र प्रहरीको चरम लापर्वाहीका कारण भएको कैदीका आफन्तको आरोप छ ।
बिहीबार कैलाली कारागारका तीन जना कैदीलाई सरुवा गरेपछि विवाद सुरु भएको थियो । बिहीबार कैदीलाई सरुवा गर्ने क्रममा पनि झडप भएको थियो । सो झडपमा परी तीन जना घाइते हुनुभएको थियो । तर प्रशासन कार्यालयले सो घटना लाई सामान्य रुपमा लगेका कारण शनिबार बिहान ठुलो घटना घटेको आफन्तको आरोपछ । बिहीबारको घटनालाई गम्भिरताका साथ लग्न आफुले प्रशासनसंग आग्रह गरेको कैदीका आफन्त महेश चौधरीले बताउनु भयो ।
चौधरीले बिहीबारको घटना साम्य नभएको भन्दै कारागारमा रहेका आफन्तले गुनासो गरेपछि सोकुरा प्रशासन सम्म जानकारी पनि गराइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई भेट्न खोज्दा समय नदिएको उहाँले बताउनु भयो ।
कारागारमा भएको समस्या बारेमा आफुले अनौपचारिक सेवा केन्द्र (इन्सेक)लाई...