Day: २०८१ भाद्र २०, बिहीबार

भोजपुरमा प्रकाश तामाङको घर बनाउन सुरू, पूर्वमन्त्री किरातीले गरे अगुवाइ

भोजपुरमा प्रकाश तामाङको घर बनाउन सुरू, पूर्वमन्त्री किरातीले गरे अगुवाइ

Breaking News 2, uncategory, ट्रेन्डिङ, शिक्षा
काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको हो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रुपमा नयाँ बन्ने घरको शिलान्यास गरेका थिए । गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिएका छन् । गोरखाको उत्तरी चोमभ्यालीमा ३५ वर्ष अगाडी पुगेका प्रकाशलाई गाउँ फर्केपछि करिब १५ लाख मूल्य बराबरको जग्गामा नेकपा माओवादी केन्द्रको अगुवाइमा घर बनाउन लागेको हो । माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइ...
महानगरले बञ्चरेडाँडा र ल्यान्डफिल साइट काठमाडौंबाटै निगरानी

महानगरले बञ्चरेडाँडा र ल्यान्डफिल साइट काठमाडौंबाटै निगरानी

Breaking News 1, uncategory, ट्रेन्डिङ, समाचार
काठमाडौं । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौंबाटै सुरु भएको छ । उपत्यकाको फोहोर व्यवस्थापन ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा गरिदै आएको छ । महानगरले संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न क्यामरा जडान गरिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट सो क्षेत्रमा भएको गतिविधि निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो’, प्रमुख प्रशासकीय अध...
निजामती विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

निजामती विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

Breaking News 2, uncategory, ट्रेन्डिङ, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो । विधेयक संसदमा २१ फागुन २०८० मा दर्ता भएको थियो । संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो । समिति सभापति रामहरि खतिवडाका अनुसार आज सैद्धान्तिक छलफल हुनेछ । यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने उनले बताए । विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । आजदेखि प्रतिनिधि सभाको चालु कार्यकालमा दर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको हो ।...
शरद ऋतुमा हिमाल आरोहणका लागि खुल्यो अनुमति

शरद ऋतुमा हिमाल आरोहणका लागि खुल्यो अनुमति

Breaking News 1, ट्रेन्डिङ, प्रदेश समाचार, राजनीति
काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु लगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्ज...
बागमती प्रदेशमा ‘डिजिटल लाइसेन्स’ लागु गरिदै

बागमती प्रदेशमा ‘डिजिटल लाइसेन्स’ लागु गरिदै

Breaking News 2, uncategory, प्रदेश समाचार, समाचार
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्रका लागि ‘डिजिटल लाइसेन्स’ लाई प्राथमिकता दिने भएको छ । यातायात व्यवस्था विभागले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न नसकेपछि प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नैं मान्यता दिने भएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिाव बलराम निरौलाले नागरिक एपमा देखिने लाइसेन्ससँगै क्यूआर देखिने भएकाले त्यसैलाई मान्यता दिने बताउनुभयो । स्मार्ट लाइसेन्सको सिस्टमको कन्ट्रोल यातायात व्यवस्था विभागसँग भएको र प्रिन्ट गर्न प्राविधिक रुपले झन्झटिलो हुनुका साथै समन्वयमा समेत समस्या भएकाले प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नै मान्यता दिने तयारी गरेको सचिव निरौलाले जानकारी दिनुभयो । नागरिक एपको क्यूआरलाई ट्राफिक प्रहरीले स्क्यान गर्दा थप विवरण देखिने छ । यस्तो क्यूआर सहितको लाइसेन्स ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज