
बागमतीमा ‘कार्डलेस लाइसेन्स’लाई मान्यता, क्युआरबाटै जरिवाना हुने
काठमाडौं । बागमती प्रदेश सरकारले कार्डलेस सवारी साधन अनुमति पत्रलाई मान्यता दिइएको छ । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालयले लामो तयारीपछि कार्डलेस लाइसेन्सलाई मान्यता दिएको हो ।
प्रदेश यातायात मन्त्री प्रेमभक्त महर्जनले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरीलाई लाइसेन्स जाँच गर्न स्मार्ट फोन हस्तान्तरण गरी कार्डलेसलाई मान्यता दिइएको घोषणा गरे । कार्डलेस लाइसेन्सका रुपमा नागरिक एपमा रहेको लाइसेन्स र क्यूआर कोड प्रयोग गरिने मन्त्री महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार अबदेखि ट्राफिक प्रहरीले स्मार्ट फोनबाट स्क्यान गरी नियमन गर्नेछ । कुनै कारणवश ट्राफिक नियम उलंघन भएमा त्यही एपको सहयोमा ट्राफिक प्रहरीले तत्कालै जरिवाना गर्न सक्ने छ । सवारी चालकले समेत तोकिएको जरिवाना अनलाइन प्रणालीको प्रयोग गरी दाखिला गर्न सक्ने छन् ।
...