
काभ्रेका छापा ,फाेटाे र विद्युतिय विधाका तीन पत्रकार सम्मानित
काभ्रेका तीन पत्रकार सम्मानित
“पेटको भोकले मान्छेलाई मूर्ख बनाउँछ, तर ज्ञानको भोकोले विद्वान बनाउँछ। गहिरो अनुसन्धान गर्नसके मात्र ज्ञानको सही निष्कर्षमा पुग्न सकिन्छ।”:कूलप्रसाद कोइराला
काभ्रेका तीन जना सक्रिय पत्रकारलाई सम्मान गर्दै शब्दयात्रा प्रकाशन बनेपाले आफ्नो वार्षिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेको छ।
शुक्रबार प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान गरिएको हो।
हरिगोपाल प्रधानले व्यवस्थापन गरेको फोटोपत्रकारिता सम्मान पत्रकार केशवराज पौडेललाई प्रदान गरियो। विद्युतीय पत्रकारिता सम्मान कपिल कोइरालाले प्राप्त गरे भने छापा पत्रकारिता सम्मान प्रल्हाद शर्मा हुमागाईंलाई प्रदान गरियो। पौडेल गोरखापत्र, कोइराला हिमालय टेलिभिजन, र हुमागाईं प्रभातफेरि साप्ताहिकसँग आबद्ध हुनुहुन्छ।
...