
भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन
काठमाडौं। भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)० ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए । प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।
...