
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ
काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ ।
साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आधारभुत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेका बताउनुभएको छ ।
अघिल्लो महिना जुलाईमा गाजामा पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका ती...