Breaking News 2

राइस कुकर मर्मत गर्न बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा युवती पक्राउ

राइस कुकर मर्मत गर्न बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा युवती पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ । कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम समेत असुलेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठा...
उपेन्द्रले नमान्दा सरकारलाई सकस

उपेन्द्रले नमान्दा सरकारलाई सकस

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य भएको छ । बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशमाथि छलफल हुने कार्यसूची थियो । जसपा नेपालका अध्यक्ष यादवले अध्यादेशका सवालमा साथ नदिने भएपछि सरकार पछाडि हटेको हो । अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । उक्त भेटमा सहमति नजुटेपछि सरकारले सदनमा अध्यादेशलाई अगाडि नबढाएको हो । संसदीय दलको बैठकमा पनि अध्यक्ष यादवले अध्यादेशको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए । उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशको बारेमा अध्ययन गरी बिहीबार प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनले पनि अध्यादेश मधेसको पक्षमा नरहेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव दिएको छ । जसपा नेपाल राष्...
ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं। काठमाडौंको  कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।...
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु

सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु

Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु।रौतहटमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा २२ वर्षीय सुरज यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएका थिए। मंगलबारदेखि जारी खोजीपछि आज बिहान उनकाे शव फेला परेको छ। शव माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो र पोस्टमार्टमपछि परिवारको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।...
चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौं...
मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ । गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ । बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।  ...
अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या।

अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी ।अछाममा मृत फेला परेका दुईजना किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । जिल्लाको ढकारी गाउँपालिका-१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या ढकारी गाउँपालिका -३ बस्ने दुई किशोरले हत्या गरेको खुलेको हो।यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको ...
बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म / संस्कृति, समाचार, सुदूरपश्चिम
बाजुराः बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा बिहिबार देखी महायज्ञ सुरु भएको हो। माघ २४ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको बिहिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले समुद्घाटन गरेका थिए। विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको बताईएको छ। महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले बताए। उनले विद्यालयको सर्वा...
धनगढीमा तीन सय गाडी अट्ने ८० करोडमा बसपार्क बन्दै ।

धनगढीमा तीन सय गाडी अट्ने ८० करोडमा बसपार्क बन्दै ।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः धनगढीमा तीन सय गाडी अट्ने बसपार्क निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने भएको हो। नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा ‘अत्याधुनिक बसपार्क’ निर्माण गर्ने भएको छ। धनगढीमा नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ। धनगढी उपमहानगरपालिकाले तयार पारेको तीन वटा विस्तृत योजना प्रतिवेदनमा ९६ करोडको स्वीकृत भएको हो। तर, लागत कम गर्न उपमहानगरपालिकाले माटो भरान तथा मोहना नदीमा तटबन्ध गर्ने भएको छ। धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले माटो भरानको काम उपमहानगरप...
कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
१७ माघ, धनगढी । कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज