राजनीति

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

Breaking News 1, गण्डकी, ताजा अपडेट, राजनीति, समाचार
पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो। हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो। उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो। गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। घटनाबारे अनुसन्धान भइरह...
परराष्ट्रमन्त्री राणा ७ दिने भ्रमणका लागि ओमान जाँदै

परराष्ट्रमन्त्री राणा ७ दिने भ्रमणका लागि ओमान जाँदै

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् । सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन् । ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको छ । सोही अवसरमा खाडी क्षेत्रका देशहरूको संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) क्षेत्रमा रहेका नेपाली राजदूतहरूसँग पनि राणाको भर्चुअल बैठक हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।...
प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीलाई गरिएका आक्रमणका घटना छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएको सचिवालयले जनाएको छ।...
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् । ‘ड्युटीमा रहेका प्रहरीलाई अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुको नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि गरेनछ’ गृहमन्त्रीमाथि प्रश्न उठाउँदै मंगलबार खनालले प्रतिनिधि सभाको बैठकमा भने। खनाल त्यही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । आफूलाई त्यहाँका धेरै विद्यार्थीले म्यासेज समेत गरेको उनले सुनाए । ‘क्याम्पसमा, कक्षा कोठामा सँधै विद्यार्थी नेताहरूको दादागिरी चल्थ्यो । अब त पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ?’ विद्यार्थीहरुले आफूलाई गरेको म्यासेज वाचन गरे । ‘कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने, कहिले सत्ता टिकाउनपर्ने बाहनामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुस...
प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

Breaking News 2, ताजा अपडेट, राजनीति, विचार, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’ अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे । उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने । चण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्र...
चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौं...
अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

Breaking News 1, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ । त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको छ । “हाम्रो दुईवटा जिम्मेवारी छन् । एउटा आफ्नो दलहरूको आवाज उठाउने । विपक्षी दललाई लिएर आवाज घनीभूत गर्ने विषयमा लामो छलफल भएको छ,” पाण्डेले भने । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ब्रिफिङ गरेका थिए । बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि ग...
संसदीय दलको बैठकमा ओलीले भने- ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

संसदीय दलको बैठकमा ओलीले भने- ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१५ माघ, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ०८४ मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन् उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे । ‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढले...
गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- पहिलो दिन अध्यादेश पेस, त्यसपछि प्रतिस्थापन विधेयक

गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- पहिलो दिन अध्यादेश पेस, त्यसपछि प्रतिस्थापन विधेयक

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिउँदे अधिवेशनको पहिलो दिन नै अध्यादेश पेस गर्ने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् । सोमबार साँझ सरकारी निवास बालुवाटारमा बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको प्रारम्भमा नै उनले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरू संसद्को पहिलो दिनमै पेस गर्ने जानकारी गराएका थिए । साथै, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने पनि उनले बैठकमा भनाइ राखेको उनको सचिवालयले बताएको छ । संसद्लाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ । त्यसअघि तयारीस्वरुप अहिले गठबन्धन दलका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज