Day: २०८१ आश्विन १२, शनिबार

अबको मौसम कस्तो होला त ? बिस्तृत जानकारी सहित

अबको मौसम कस्तो होला त ? बिस्तृत जानकारी सहित

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
काठमाडौं । गत सोमबार, शुक्रबार र आज बिहान पुर्वानुमान गरेझैँ उपत्यकामा करिब ५ बजेपछि वर्षा रोकिएको छ । उपत्यका वरीपरीका लगायत अन्य क्षेत्रहरुमा पनि मध्यरातीसम्म अलिअलि भइरहेको वर्ष रोकिने छ । हालको यो वर्षाको प्रणाली अहिले पुर्वतिर सर्दै गएको हुँदा आज राती र भोली बिहानसम्म पुर्वी नेपालका भूभागमा ठुलो पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं र बाँकी क्षेत्रमा वर्षा अहिलेलाई टरेको र भोली देखि मौसम खुल्ने र घाम पनि महाशाखाले जनाएको छ । बिस्तारै त्रिशुली, सुनकोशी, राप्ती लगायतका नदीहरुमा आज रातीदेखी बहाव घट्नेछ । तर कोशी जलाधारको तामाकोशी, दुधकोशी, तमोर र अरुण नदी क्षेत्रमा आज रातभरी वर्षा हुने हुँदा सप्तकोशी र कोशीब्यारेज क्षेत्रमा पानीको बहाव भोली बिहानसम्म उच्च रहनेछ । अर्थात सप्तकोशी र पुर्वीनेपाल बाहेकको क्षेत्रमा अब ठुलो वर्षा, पहिरो र बाढीको जोखिम टरेकोछ ...
देशभर बाढीपहिरोबाट ६६ जनाको मृत्यु, ८१ बेपत्ता

देशभर बाढीपहिरोबाट ६६ जनाको मृत्यु, ८१ बेपत्ता

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार हालसम्म देशभर ६६ जनाको मृत्यु भएको र ८१ जना बेपत्ता भएका छन् । हालम्म विपदमा परेर ६० जना घाइते भएका छन् । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ५, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेको गृहमन्त्रलायले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको र दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ...
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलमा पहिरो, दुई सैनिकसहित पाँच जना सम्पर्कविहिन

माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलमा पहिरो, दुई सैनिकसहित पाँच जना सम्पर्कविहिन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको बाँध क्षेत्रमा पहिरो जादाँ पाँच जना सम्पर्कविहिन भएका छन् । शनिबार दिउँसो बाँधस्थल माथिको भीरवाट पहिरो खस्दा नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा रहेका नेपाली सेनाका दुई सैनिक, दुई जना कामदार र एक जना सुरक्षा गार्ड बेपत्ता भएका हुन् । विहीबारदेखिको अविरल वर्षापछि शनिबार आएको पहिरोमा परेका उनीहरूको अवस्था अज्ञात रहेको आयोजनाले जनाएको छ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध स्थलको नियन्त्रण भवनमा कार्यरत आयोजनाका दुई जना कर्मचारी, नेपाली सेनाको गरुणदल गणका दुई जवान तथा एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको रहेको छ । आयोजनाले गरुणदल गणलाई पत्र लेखेर अविलम्ब उनीहरूको खोजी गरिदिन अनुरोध गरेको छ । पहिरोका कारण आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुगेको छ । बाँधस्थलभन...
कुलेखानीको जलशय भरियो, दुईवटा ढोका खोल्यो 

कुलेखानीको जलशय भरियो, दुईवटा ढोका खोल्यो 

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । अविरल वर्षाको कारणले कुलेखानी जलशयमा जलसतह भरिएपछि दुईवटा ढोका खोलिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान करिब ५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) खोलिएको हो । ओभर फ्लो भएपछि जलशयको ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको थियो । कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् । बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपर क्षेत्रका स्थाानीय बासिन्दाहरुलाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको छ । त्यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज