
अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै ।
अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै :
मालदार अड्डाका रूपमा चिनिने विमानस्थलबाट अर्बौँ रुपैयाँ उठाएको कुराले गृहमन्त्री लेखक पनि बदनाम भएका छन् । दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलेको थियो । नेपाली कांग्रेस गृहमन्त्रीलाई राजिनामा दिन लगाउने र तान्ने गरि छानबिन समिति बनाउने पक्षमै छैन । रास्वपाले राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यस प्रस्तावमा पनि कांग्रेस मान्न तयार देखिएन । माओवादी र समाजवादी लचक हुँदा पनि रास्वपाले राजीनामाको अडान नछाडेपछि प्रधानमन्त्री ओलीसमेत दबाबमा परेका छन् । यस्तोमा गृहमन्त्री लेखकलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीसहितले एकसाथ घेराबन्दी गरेका छन् । तीनै दल सुरूमा गृहमन्त्री लेखको राजीनामा चाहन्थे...