समाचार

बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

Breaking News 1, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । आज पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका कोइरालाको हरेक वर्ष भदौ २४ गते देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउदै आएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त...
चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

Breaking News 2, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली कथानाक चलचित्र "टुहुरी"को छाँयांकन आगामी असोज १ गतेदेखि हुने भएको छ । चलचित्र "टुहुरी"को छाँयांकन स्याङ्जा जिल्लाको ज्यामीरेमा आगामी असोज १ गतेदेखि हुन लागेको हो । आगामी असोज १ गतेदेखि छाँयांकन हुनलागेको चलचित्र "टुहुरी"लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङले निर्देशन र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुहुनेछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुहुनेछ । सो चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ र रश्मि गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर र मेकअप...
पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
काठमाडौं । पेरिसमा हालै सम्पन्न पारा ओलम्पिक खेलकुदमा नेपाललाई कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई कांग्रेसले सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष सम्मान सम्मान कार्यक्रम आयोजना गरेर कांग्रेसले पलेसालाई सम्मान गरेको हो । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नगद पाँच लाख रुपैयाँसहित सम्मान गरेका हुन । सोही कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा एक लाख पचास हजार रुपैयाँसहित सम्मानित भए । कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत अन्य नेताहरु सहभागी थिए ।...
खोलाको किनारमा थप २० मिटर छोड्नुपर्ने फैसला बिरुद्ध स्थानीय आन्दोलित

खोलाको किनारमा थप २० मिटर छोड्नुपर्ने फैसला बिरुद्ध स्थानीय आन्दोलित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड अनुरुप २० मिटर बढाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । सर्वोच्च अदालतले नदीको मापदण्ड २० मिटरले बढाएपछि स्थानीयले विरोध जनाएका हुन् । सर्वोच्च अदालतले काठमाडौं सहरको २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने गरी मापन नगर्न आदेश दिएपछि गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध प्रदर्शन गरेका हुन् उनीहरूले सर्वोच्च अदालत न्यायिक नभएको भन्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । यसअघि नदी किनारको २० मिटर मात्रै छाड्नुपर्ने नियम छ । त्यसैगरी, सर्वोच्चको आदेशलाई कार्यान्वयनमा लैजान काठमाडौं महानगरपालिकाले सूचना नै जारी गरिसकेको छ ।...
फुटको संघारमा एकीकृत समाजवादी

फुटको संघारमा एकीकृत समाजवादी

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका माधव नेपालले पार्टीमा आफ्नै गुट सक्रिय पारेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नै गुट संचालनमा सक्रिय भएपछि पार्टी कमजोर हुने भन्दै पार्टीका प्रभावशाली नेता तथा सांसद असन्तुष्ट बनेका हुन् । दशौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्विरोध चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गरिएको थियो । सुरुमा अध्यक्षको तजबिजमा आफू अनुकुल केन्द्रीय सदस्य मनोनयन गरेर उनीहरुमार्फत आफू अनुकुल पदाधिकारी निर्वाचित गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । पदाधिकारी चयनका लागि भएको चुनावमा पनि अध्यक्षले नै आफू निकटलाई मात्रै भोट हाल्न केन्द्रीय सदस्यहरुलाई निर्देशनात्मक चिट बाँडेपछ...
इजरायल–हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना कम

इजरायल–हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना कम

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि युद्धविरामको अझै सम्भावना क्षीण रहेको छ । गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा–इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्। हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छ...
आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव यथावत रहने

आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव यथावत रहने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा विज्ञान विभागले जनाएको छ ।...
सौर्य एयर दुर्घट्नाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

सौर्य एयर दुर्घट्नाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम गत ९ साउन २०८१ मा भएको जहाज दुर्घट्नाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको कारण दुर्घट्ना भएको हुनसक्ने प्रतिवेदनको प्रारम्भिक निष्कर्ष छ ।” यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने मापदण्ड हुने त्यस्तो म्यानुअल सौर्यसँग भए पनि त्यसको पालना नभएको देखिएको छ । साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन ग...
नेपाल बौद्ध महासंघको ७औ महाधिवेशन सम्पन्न, अध्यक्षमा नोर्बु थुन्डु(गेशे थुप्तेन जिम्बा) निर्वाचित

नेपाल बौद्ध महासंघको ७औ महाधिवेशन सम्पन्न, अध्यक्षमा नोर्बु थुन्डु(गेशे थुप्तेन जिम्बा) निर्वाचित

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाल बौद्ध महासंघको अध्यक्षमा नोर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिम्बा) निर्वाचित हुनु भएको छ । बौद्ध महासंघको विहीबार सम्पन्न सातौ महाधिवेशनले अध्यक्षमा नोर्बु थुन्डु शेर्पा(गेशे थुप्तेन जिम्बा)सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बौद्धधर्मालम्वीहरुको एक मात्र साझा धार्मिक संस्था महासंघको निर्वाचित कार्य समितिमा उपाध्यक्ष ग्युर्मे सोनाम तामाङ, महासचिव पेमा दोर्जे तामाङ, सचिव छिरीङ झाङमो लामा, कोषाध्यक्ष पेमा दोन्देन गुरुङ रहनु भएको छ । महासंघको कार्यसमिति सदस्यमा पासाङ दोर्जे लामा, मिङ्मार मगर, धोङाग तेन्जिन लामा, छोवाङ तामाङ, टसी ढोइमा लामा, गेलु शेर्पा, ढोमा गुरुङ, कारसाङ ङेरुप तामाङ र २७ जना साधारण सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक आचार्य नुर्बु शेर्पाले जानकारी दिनु भयो । कार्यक्रममा संघीयता, सबलीकरण र राष्ट्रिय सरोकार समित...
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिलाई निरन्तरता, अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिलाई निरन्तरता, अन्तरिम आदेश खारेज

Breaking News 2, ट्रेन्डिङ, समाचार
काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिले निरन्तरता पाउने भएको छ । नेपाल प्रहरीमा सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै ३० वर्षे सेवा अवधि कार्यान्वयन गरेको हो । सर्वोच्चको यो आदेशसँगै नेपाल प्रहरीका नायब महानिरिक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जना एकैसाथ अवकाश हुने भएका छन् । उनीहरुको ३० वर्षे सेवा हद लाग्ने भएकाले सेवा अवधि सकिएको हो । प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि, उमेर हद र कार्य अवधिमध्ये जुन पहिले आउछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था रहेको छ । जसअनुसार ८९ प्रहरी ३० वर्षे सेवा अवधि पूरा भएका कारण अवकाश हुने भएका हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज