ताजा अपडेट

रोकिएको जग्गाको कित्ताकाट खुल्यो

रोकिएको जग्गाको कित्ताकाट खुल्यो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । जग्गाको कित्ताकाट खुलेको छ । स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलाएको हो । सरकारले भू-उपयोग नियमावली, २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै कित्ताकाट खुलाएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भू- उपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै रोकिएको जग्गाको कित्ताकाटको समस्या समाधान हुने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुलाएको हो । २०७६ सालदेखि जग्गाको कित्ताकाट खोल्ने र रोक्ने शृङ्खला चल्दै आएको थियो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन र जग्गाको किनबेच रोकिएको थियो ।...
“जिफान”ले पोखरामा किन्यो घडेरी, भवन पनि यही वर्ष बनाउदै

“जिफान”ले पोखरामा किन्यो घडेरी, भवन पनि यही वर्ष बनाउदै

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । गुरुङ फिल्म एशोसिएशन अफ नेपाल जिफानले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर १४ मा जिफानले भवन निर्माण गर्नको लागि जग्गा खरिद गरेको हो । जग्गा खरिद गर्ने पहिलो चरणको कामसँगै भवन निर्माणको योजना पनि जोडिएर आएको जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले बताउनु भयो । हालका लागि तीनकोठे अस्थायी संरचना निर्माण गर्ने उहाँले बताउनु भयो । भवन निर्माणका लागि युके, जापान, अष्ट्रेलिया, हङकङ, अमेरिकालगायतका विभिन्न मुलुकमा रहेका केही दाताहरुले सहयोगको बचन दिइसक्नु भएको उहाँले जानकारी दिनु भयो । जिफानको आफ्नै आन्तरिक श्रोत र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न गर्ने जिफानको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनु भयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू अर्थात गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा स्थापित गुरुङ फ...
वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिपका स्वर्णपदक विजेता खेलाडीलाई सम्मान

वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिपका स्वर्णपदक विजेता खेलाडीलाई सम्मान

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल सेपाक ताक्रो संघले ३७औ विश्व च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । नेपाल सेपाक ताक्रो संघले कार्यक्रम आयोजना गरी थाइल्याण्डमा सम्पन्न सेपाक ताक्रो च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो । थाइल्याण्डमा भदौ १६ देखि २४ गतेसम्म वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सेपाक ताक्रो च्याम्पियनसिप कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको थियो । नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकालाई पराजित गरेको थियो । होप ईभेन्टमा इरानले स्वर्ण, अमेरिकाले रजत तथा २ सय ३० स्कोर गरि नेपालले कास्य पदक जित्न सफल भएको नेपाल सेपाक ताक्रो संघका अध्यक्ष नेत्र प्रसाद गुरुङले जानकारी दिनुभयो । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजित सम्मान कार्यक्रममा विजेता खेलाडीहरु...
उपसभामुख रानालाई हटाउने रणनीतिमा सत्ता साझेदारी दलहरु

उपसभामुख रानालाई हटाउने रणनीतिमा सत्ता साझेदारी दलहरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता साझेदारी दल लागेका छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने निष्कर्षमा पुगेका हुन् । यसै विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमा बहस भएको छ । बैठकको आकस्मिक‚ शून्य र विशेष समयमा यो विषयमा पक्ष विपक्षमा बहस भएको हो । बैठकमा सत्ता साझेदार दलले उपसभामुखलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरे भने प्रतिपक्षका दलहरू त्यसको प्रतिकारमा उत्रिएका छन् । बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई पदबाट हटाउने कुरा मान्य नहुने बताए । उनले राजनीतिक पार्टीहरूबिच सल्लाह भएर उपसभामुखलाई पदबाट हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने भन्दै यसले लोकतन्त्रमाथि नै आक्रमण हुने टिप्पणी गरे । लोकतन्त्रका लागि जनता सडकमा ओर्ल...
शैक्षिक रूपान्तरणको सवालः निजी फक्रँदै, सामुदायिक खुम्चँदै

शैक्षिक रूपान्तरणको सवालः निजी फक्रँदै, सामुदायिक खुम्चँदै

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा
शैक्षिक क्षेत्र व्यापारिक थलोजस्तो बनाइँदा सामुदायिक शिक्षा अपहेलित छ । गरिब र भुइँतहका नागरिकको अधिकार समानताको दृष्टिकोणबाट ज्यादै चिन्ताजनक छ भन्ने यसले देखाइरहेको छ । सार्वजनिक शिक्षालाई कमजोर बनाउँदा त्यसले देशलाई दीर्घकालसम्म असर पु¥याउँछ भन्ने हेक्का नराख्दा सामुदायिक र निजी शिक्षाबिचको खाडल झन् ठुलो हुँदै गइरहेको छ । निजी विद्यालयहरू जुत्ता, मोजा, कापी, कलम, पोसाक बेच्ने व्यापारी समेत बनेको अवस्था छ । यसको अनुगमन र कारबाहीलाई देशव्यापी बनाउने हो भने यस्ता विद्यालय बजारलाई फलिफापै मात्रै भएको देखिन्छ । निजी स्कुलले सार्वजनिक पद धारण गर्ने धेरैका छोराछोरीलाई निःशुल्क पढाइदिने मात्र होइन, राजनीतिक व्यक्तित्वको निर्वाचन खर्चको जोहो पनि गरिदिने गरेको अवस्थालाई सामान्य रूपमा लिन थालिएको अनुभव हुँदै आएको छ । दलहरूको चुनावी खर्च व्यवस्थापनमा निजी क्षेत्रको भूमिका बढेको अवस्थामा निजी ...
राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान, आजैबाट सम्हाले कार्यभार

राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान, आजैबाट सम्हाले कार्यभार

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । सिग्देल प्रधानसेनापतिमा नियुक्त भएसंगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । वि.सं. २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत श्रावण २५ गतेबाट उनलाई सरकारले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिएका थिए ।...
आजको सुनचाँदी मूल्य, कतिमा हुँदैछ कारोबार

आजको सुनचाँदी मूल्य, कतिमा हुँदैछ कारोबार

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ । हिजो आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७५७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

Breaking News 1, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । आज पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका कोइरालाको हरेक वर्ष भदौ २४ गते देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउदै आएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त...
चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

Breaking News 2, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली कथानाक चलचित्र "टुहुरी"को छाँयांकन आगामी असोज १ गतेदेखि हुने भएको छ । चलचित्र "टुहुरी"को छाँयांकन स्याङ्जा जिल्लाको ज्यामीरेमा आगामी असोज १ गतेदेखि हुन लागेको हो । आगामी असोज १ गतेदेखि छाँयांकन हुनलागेको चलचित्र "टुहुरी"लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङले निर्देशन र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुहुनेछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुहुनेछ । सो चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ र रश्मि गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर र मेकअप...
खोलाको किनारमा थप २० मिटर छोड्नुपर्ने फैसला बिरुद्ध स्थानीय आन्दोलित

खोलाको किनारमा थप २० मिटर छोड्नुपर्ने फैसला बिरुद्ध स्थानीय आन्दोलित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड अनुरुप २० मिटर बढाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । सर्वोच्च अदालतले नदीको मापदण्ड २० मिटरले बढाएपछि स्थानीयले विरोध जनाएका हुन् । सर्वोच्च अदालतले काठमाडौं सहरको २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने गरी मापन नगर्न आदेश दिएपछि गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध प्रदर्शन गरेका हुन् उनीहरूले सर्वोच्च अदालत न्यायिक नभएको भन्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । यसअघि नदी किनारको २० मिटर मात्रै छाड्नुपर्ने नियम छ । त्यसैगरी, सर्वोच्चको आदेशलाई कार्यान्वयनमा लैजान काठमाडौं महानगरपालिकाले सूचना नै जारी गरिसकेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज