सुदूरपश्चिम

कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ

समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीमा लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय मोहन रानालाई ६ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ । रानाले चलाएको से४प६८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्दा हेण्डलभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरिएको हो । धनगढी उपमहानगरपालिका-२ कै त्रिनगर भन्सार चोकमा सुपप्र०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक धनगढी-१३ बस्ने २९ वर्षीय बाहाली राना र पछाडी सवार धनगढी-६ बस्ने ३१ वर्षीय दिपक रानालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट पाँच...
घाँस काट्ने क्रममा भिरबाट लडेर डोटीमा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर डोटीमा महिलाको मृत्यु

Breaking News 2, समाचार, सुदूरपश्चिम
डोटी। डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। खड्का बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। सन्तुलन गुमाउँदा उनी तल खोलामा खसेको स्थानीय उमेश साउँदले बताएका छन्। मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।...
धनगढीमा आजदेखि भुवा पर्व, के छ महत्त्व ?

धनगढीमा आजदेखि भुवा पर्व, के छ महत्त्व ?

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताइएको छ । भुवाको ऐतिहासिकता हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । बाजुरेली सेवा समाजका अध्यक्ष धामीका अनुसार भुवा प्राचीन संस्कृति हो । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जस...
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । यो सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ । कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । आज तरुल खानै पर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ भने ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको र जङ्गलमा पाइने तरुल उसिनेर खान्छन् ।...
बझाङ्मा भीरबाट खसेकाे ढुंगा लागेर एकजना महिलाकाे मृत्यु

बझाङ्मा भीरबाट खसेकाे ढुंगा लागेर एकजना महिलाकाे मृत्यु

समाचार, सुदूरपश्चिम
बझाङ। बझाङ्मा भीरबाट खसेकाे ढुंगा लागेर एकजना महिलाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार बझाङ्काे थलारा गाउँपालिका वडा नम्बर-९ आमबगरकी अन्दाजी ४१ बर्षिया पञ्चमाला जाेशीकाे ढुंगा लागेर मृत्यु भएकाे हाे । सडकमा हिडिरहेकाे वेला भीरबाट खसेकाे ढुंगा लागेर घटना स्थलमै उहाँकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बङ्ले जनाएकाे छ ।...
डोटीमा चट्याङ लागेर एक युवक घाइते

डोटीमा चट्याङ लागेर एक युवक घाइते

Breaking News 2, समाचार, सुदूरपश्चिम
धनगढी । डोटीमा चट्याङ लागेर एक जना घाइते भएका छन। जिल्लाको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन। शनिवार कृषि गरणाका लागि भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा समस्या भएको छ। घटनापछि रोकायालाई सरस्वतीर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिदै छ। केन्द्रले उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएको छ। चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको हो।...
आर्थिक समृद्धि काङ्ग्रेस र एमालेले मिलेरै ल्याउछन् : आरजु

आर्थिक समृद्धि काङ्ग्रेस र एमालेले मिलेरै ल्याउछन् : आरजु

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताएकि छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा मन्त्री राणाले यस्तो बताएकि हुन् । ‘धेरै पुस्ताको सङ्घर्षपछि प्राप्त संविधानपछि पनि छिटोछिटो सकार परिवर्तनले नागरिकको इच्छा अनुसारको समृद्धि हासिल गर्न नसक्ने कुरा महसुस भएर कांग्रेसका सभापति र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक ठाउँमा उभिने काम गर्नुभएको हो’ मन्त्री राणाले भनिन्, ‘दुवै दलका पदाधिकारीको कार्यदलका आधारमा मन्त्रीपरिषद्ले काम गरिरहेको छ, सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हल्ला नचलाउन अनुरोध गर्दछु ।’ मन्त्री राणाले नेपाल राजनीतिजस्तै आर्थिक, सामाजिक रूपान्तर र विकास गर्न पुराना कानुन संश...
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

Breaking News 1, समाचार, सुदूरपश्चिम
टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् । नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ । जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ । नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन् । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए । उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए । “नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ”, अन्ठाउन्न करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको...
सुदूरपश्चिम र कर्णालीमा हिमपात

सुदूरपश्चिम र कर्णालीमा हिमपात

Breaking News 1, कर्णाली, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।...

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, सुदूरपश्चिम, स्वस्थ्य
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान सञ्चालन गर्ने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताउनु भयाे।   नेपालमा महिलाको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरबाट महिला दिदीबहिनीको ज्यान बचाउने उद्देश्यले फागुन महिनाभर परीक्षण अभियान सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले  गरेकाे हाे ।   देशमा हरेक दिन ४ जनाको ज्यान लिने गरेको यस समस्यासँग जुध्नका लागि  देशैभर  दुई लाख ५० हजारको परीक्षण गर्ने लक्ष्य राखेका  स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताए।   यसबाहेक माघ २२ गतेबाट दुई सातासम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्ध निःशुल्क खोप अभियानसमेत सञ्चालन हुँदैछ ।   पाठेघरसम्बन्धी जानकारीकाे लागि  याे समाचार पनि हेर्नुहाेला:-   https://darpannepal.com/?p=5023    क्यान्सर जटिल बन्नुपूर्व नै हुने ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज