
बीमा क्षेत्रकी एमडिआरटी उमालाई एमालेले बनाए उपाध्यक्षको उम्मेदवार
दोलखा । गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एमालेवाट उमा लुङ्गेली मगर शेर्पाको उम्मेदवारी दर्ता भएको छ । एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले आज उपाध्यक्षका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकर गाउपालिका सुरीमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेदवार भएकी उमा लुंगेली मगर शेर्पा गौरीशंकर गाउँपालिका ७, मार्वु सिक्पाश्वरकी स्थायी बासिन्दा हुुन् । शेर्पाको जन्म २०४६ साल फागुन २ गते ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा भएको थियो ।
उपाध्यक्ष पदका उम्मेदवार बनेकी उमा बीमा क्षेत्रमा सबैभन्दा अव्वल र उत्कृष्ट एमडिआरटी हुन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भई बीमा क्षेत्रकै उत्कृष्ट एमडिआरटी बनेकी हुन् । उनी सामाजिक र ब्यवसायीक क्षेत्रमा पनि दक्ष छिन् । शेर्पा कराँते खेलमा समेत अब्बल रहेकी छन् ।
शेर्पा...