Day: २०८१ आश्विन १६, बुधबार

वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । बाढीपहिरोबाट देशभर २४२ जनाले ज्यान गुमाएको छ । बाढीपहिरोमा परी २२ जना अझै बेपत्ता र १२८ जना घाइते भएका छन् । वाढीपहिरोबाट हालसम्म कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा १०१, वाग्मती १०८ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । त्यसैगरी, मुलुकभर एक हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।...
‘टुहुरी’मा द्धन्द निर्देशक गुरुङको जन्मोत्सव

‘टुहुरी’मा द्धन्द निर्देशक गुरुङको जन्मोत्सव

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको चर्चित द्धन्द निर्देशक जनक गुरुङले चलचित्र 'टुहुरी' निर्देशन गर्नुहुदै जन्मोत्सव मनाउनुभएको छ । चलचित्रकर्मी जनक गुरुङले स्याङ्जामा छायांकन भैईरहेको चलचित्र 'टुहुरी' निर्देशन गर्नुहुदै जन्मोत्सव मनाउनु भएको हो । लम्जुङ जिल्लाको दुधपोखरी गाउपालिका ६, ओखरी पुख्यौली थलो भएका चलचित्रकर्मी गुरुङ हाल सुन्दरबजार नगरपालिका ९, भोटेओडार गुरुङ गाउँका स्थायी निवासी हुन् । उनको जन्म वि.स.२०२८ सालमा भएको थियो । उनले आज असोज १६ गते बुधबार परेको जन्म दिनको अवसरमा नयाँ चलचित्र 'टुहुरी' छायांकन गर्नुहुदै कलाकारहरुसँग शुभकामना आदनप्रदान गरी जन्मोत्सव मनाउनुभएको छ । निर्देशक गुरुङले छायांकन भैइरहेको गुरुङ संस्कार र संस्कृतिमा आधारित नयाँ चलचित्र 'टुहुरी'मा निर्देशन गरिरहनुभएको छ ।   नेपाली चलचित्रको क्षेत्रमा २०४७ सालदेखि द्धन्द कलाकारबाट प्रबेश गरेका ग...
राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर

राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज विभिन्न देशका विदेशी मुद्राको खरिद तथा विक्रीका लागि विनिमय दर निर्धारण गरिएको हो । राष्ट्र बैंकले आजको लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ...
मौसम: आज र भोलि वर्षाको संम्भावना

मौसम: आज र भोलि वर्षाको संम्भावना

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मौसमविद् झाले बताए । विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज