राजनीति

सरकार परिवर्तनका कुरा हावादारी : अर्थमन्त्री

सरकार परिवर्तनका कुरा हावादारी : अर्थमन्त्री

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् । अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संसोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए । त्यस्तै, उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबीसमेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिए...
आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला...

एकीकृत समाजवादी ३२ लाख घाटामा

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को आय व्यय अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएकोमा ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए । पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ । सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा छ ।...
रास्वपा उम्मेदवार राेजिना श्रेष्ठकाे सफथ ग्रहण फाेटाे फाईल

रास्वपा उम्मेदवार राेजिना श्रेष्ठकाे सफथ ग्रहण फाेटाे फाईल

फोटो फिचर, बागमती, राजनीति
काठमाडौं महानगरपालिकाकाे मेयर बालेन शाहले  स्थानिय तहकाे उपनिर्वाचनबाट  निर्वाचित काठमाडौं- १६ मा रास्वपाका उम्मेदवार   रोजिना श्रेष्ठलाई  वडाअध्यक्ष  पदकाे सफथ खुवाएका छन ।श्रेष्ठ २९०२ मत ल्याएर विजयी भएका  थिए।   फाेटाे फाईल  
राष्ट्रपति सीजिनपिङसँग  प्रधानमन्त्री ओलीको भेटवार्ता

राष्ट्रपति सीजिनपिङसँग  प्रधानमन्त्री ओलीको भेटवार्ता

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, राजनीति, समाचार
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको भेटवार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सी जिनपिङसँग भेटवार्ता गरेका हुन् ।   प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।       ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट सञ्चालन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई नेकपा एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रमात्मक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो । उक्त अनलाईने बिहीबार एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा माथिल्लो तामाकोशी कवाडीको विषय जोडेर गतल समाचार सम्प्रेसन गरेको थियो । उपनिर्वाचनलाई लक्षित गरी गतल र अपुष्ट समाचार संप्रेसन गरी गलत अफवाह फैलाएको र निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विज्ञप्ती जारी गरेको थियो । प्रेस काउन्सिल नेपालले स्थानीय तह उपनिर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको गलत समाचार पत्रकार आचार संहित २०७३ (पहिलो ...
एमालेमा फर्किए मार्बुका परिचित नेता मिङमा, माओवादीमा धक्का

एमालेमा फर्किए मार्बुका परिचित नेता मिङमा, माओवादीमा धक्का

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउँपालिका मार्बुका परिचित नेता मिङमा शेर्पा एमालेमै फर्किएका छन् । मंगलबार मार्बु वडाकमिटीद्धारा आयोजित चुनावी आमसभामा उम्मेदवारलाई जिताउने प्रतिबद्धतासहित शेर्पा एमालेमा फर्किएका हुन् । उनले गाउँपालिकाको उपनिर्वाचनमा एमाले उम्मेदवार उमा शेर्पालाई गाउँपालिका उपाध्यक्षमा जिताउन जरुरी रहेको भन्दै एमालेमा फर्किएको जानकारी दिए । उनका अनुसार आफु एमालेमा फर्किएपछि माओवादीमा ठुलो धक्का लाग्ने बताए । उनले एमालेमा फर्किएपछि भोलिदेखिनै उम्मेदवारलाई विजयी गराउन चुनाव प्रचारप्रसारमा लाग्ने बताए । गौरीशंकरको मार्बुमा नेता नामले परिचित मिङमा केहि समयअघिदेखि एमाले परित्याग गरी अन्यदलमा समाबेश भएको थियो । एमालेमा फर्किएका शेर्पालाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज पार्वत गुरुङ र पोलिटव्युरो सदस्य आन्नद प्रसाद पोखरेलले स्वागत गर्नु भएको थियो । मतदानको लागि मंसि...
एमालेको ‘जागण सभा’ केका लागि ?

एमालेको ‘जागण सभा’ केका लागि ?

ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा सम्पन्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गरेको होे । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा स्थान परिर्वतन गरी दरबारमार्गमा गरेको हो । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले काठमाडौंमा उसैगरी तामझामका साथ ‘जागरण सभा’ गरेका हुन् । नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले सभा गर्नुपरेको महासचिव शंकर पोखरेलले बताए । महासचिव पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउनको लागि जागरण सभा गरेको प्रष्टोक्ति पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार र एमालेविरुद्ध कसैले केही गर्न नसक्ने विश्वास दिलाए । ‘अहिलेको सरकार र नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओल...
राजिनामा दिए तर उमालाई सहयोग गर्छुः पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेत

राजिनामा दिए तर उमालाई सहयोग गर्छुः पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेत

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दोलखा । नेकपा एमालेबाट राजिनामा दिए पनि उपाध्यक्षको उम्मेदवार उमा शेर्पालाई सहयोग गर्ने पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो । गौरीशंकर गाउपालिका–५, सुरीको पूर्ववडाध्यक्ष समेत रहेका बस्नेतले पार्टी नभएर व्यक्तिको लागि सहयोग गरिने बताउनु भयो । बस्नेतले अन्य राजनीतिक दलको उम्मेदवारलाई नभई उमालाई नै सहयोग गर्ने बताउनुभयो । उनले उमालाई जित निश्चित हो, विजयीको अग्रिम शुभकामना समेत दिनुभयो । बस्नेतले एमाले पोलिटव्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला कमिटी सचिव स्वंयम बहादुर खड्का, जिल्ला सचिवालय सदस्य जंग गुरुङ, जिल्ला कमिटी सदस्य फुरलाक्पा शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता गर्नुभयो । गौरीशंकर–५ को पूर्ववडाध्यक्ष बस्नेतले पार्टी भित्रको अन्तरद्धान्द्धको कारणले साधारण सदस्यसमेत नरहने गरी यसअघिनै एमालेबाट राजिनामा दिएको थियो । उहाँले पार्टीको कुनै जिम्मेव...
प्रेस चौतारी नेपालले जागरण अभियान सफल पार्न बनायो योजना

प्रेस चौतारी नेपालले जागरण अभियान सफल पार्न बनायो योजना

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं, मंसीर ३ । प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसीर ७ को जागरण सभालाई ब्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको छ । एमालेले मुलुकमा बढदो अराजकता, अस्थिरताका बिरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सदभाव, सुशासन, समृद्धि र बिकाशका लागि बिधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उदेश्यका साथ जागरण सभा आयोजना गरेको छ । सो सभामार्फत मुलुक निर्माणका पक्षधर जनतालाई सही कुरा जानकारी गराउने लक्ष्य रहेको छ । सो सभा अराजकता फैलाउन चाहने देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै प्रेस चौतारीले मुलुकको हितमा आयोजित स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज