
राष्ट्रपति सीजिनपिङसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सी जिनपिङसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...