काठमाडौं महानगरपालिकाकाे मेयर बालेन शाहले स्थानिय तहकाे उपनिर्वाचनबाट निर्वाचित काठमाडौं- १६ मा रास्वपाका उम्मेदवार रोजिना श्रेष्ठलाई वडाअध्यक्ष पदकाे सफथ खुवाएका छन ।श्रेष्ठ २९०२ मत ल्याएर विजयी भएका थिए।
फाेटाे फाईल
२०८१ आश्विन २०, आईतवार२०८१ आश्विन २०, आईतवार२०८१ आश्विन २०, आईतवार by दर्पण नेपालNo Comments
काठमाडौं महानगरले बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री, हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर शंख पार्क तयार पारिएको छ । यस पार्क काठमाडौं महानगरपालिका वडा नंं ४, धुम्बाराहीस्थित करिब २२ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको छ ।
काठमाडौमा भएका पार्कहरु मध्ये यो पनि एउटा सुन्दर पार्क मानिन्छ । यहाँ पार्कमा विभिन्न फूल र बोटबिरुवाहरु पाइन्छ । यो पार्क चक्रपथ नजिकै भएको हुदाँ यहाँ घुम्न, व्यायम गर्न, र विभिन्न कार्यक्रम, चलचित्र, म्युजिक भिडियो, टेलिफिल्म लगायत छायांकन पनि हुने गर्छ ।
अहिले महानगरले पार्कमा शौचालय, शंखपार्कको स्तम्भ, खुला स्थान, बेन्चहरू, चौतारो, रूखहरू, बोटबिरुवा, छहारी जस्ता संरचना निर्माण गरेका छन् । महानगरले २०७२ सालको विनाशकारी भूकम्पपछि ३ करोड ४ लाख रुपैंयाको लागतमा पार्कको पुर्ननिर्माण गरेका थिए ।
काठमाडौंमा धुलो धुँवा भीडभाड र कोलाहलपूर...
२०८१ भाद्र २१, शुक्रबार२०८१ भाद्र २१, शुक्रबार२०८१ भाद्र २१, शुक्रबार by दर्पण नेपालNo Comments
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।
लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् ।
लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
२०८१ भाद्र १८, मंगलवार२०८१ भाद्र १८, मंगलवार२०८१ भाद्र १८, मंगलवार by दर्पण नेपालNo Comments
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो ।
महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो ।
कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...
२०८१ भाद्र १८, मंगलवार२०८१ भाद्र १८, मंगलवार२०८१ भाद्र १८, मंगलवार by दर्पण नेपालNo Comments
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो ।
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो ।
कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।
नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...
२०८० बैशाख २३, शनिबार२०८० बैशाख २३, शनिबार२०८० बैशाख २३, शनिबार by दर्पण नेपालNo Comments
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।
उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो ।
स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो ।
माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्या...
२०८० बैशाख १९, मंगलवार२०८० बैशाख १९, मंगलवार२०८० बैशाख १९, मंगलवार by दर्पण नेपालNo Comments
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...