राजनीति

ज्यान मार्ने उद्योगमा गण्डकीका पूर्वमन्त्री मनाङेलाई सर्वोच्चद्धारा दोषी ठहर

ज्यान मार्ने उद्योगमा गण्डकीका पूर्वमन्त्री मनाङेलाई सर्वोच्चद्धारा दोषी ठहर

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरिदिएको हो । अर्का गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङे दोषी ठहर भएका हुन् । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि उच्चको उक्त फैसलालाई सदर गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको हो । यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनी विरुद्ध सर्वोच्च अदालतमा २०७५ फागुन ३ गतेदेखि मुद्धा चलेको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस २६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।...
एमालेका उम्मेदवार उमाले सुरु गरिन् काठमाडौंबाट घरदैलो चुनावी अभियान

एमालेका उम्मेदवार उमाले सुरु गरिन् काठमाडौंबाट घरदैलो चुनावी अभियान

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौ । नेकपा एमाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले काठमाडौबाट घरदैलो कार्यक्रम सुरु गरेकी छिन् । उनले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार दिएपछि काठमाडौंमा अस्थायी बसोबास गर्ने गौरीशंकरका मतदाताहरुसँग भेटघाट गरी चुनावी अभियान सुरु गरेकी हुन् । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि शेर्पालाई उपाध्यक्षका उम्मेदवार घोषणा गरेको थियो । काक्तिक १४ गते बुधबार बसेको गौरीशंकर पार्टी कमिटीका बैठकले उम्मेदवारका आकांक्षीहरु बीच सहमति गराई उमालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका थिए । शेर्पाले भेटघाटका क्रममा दोलखा–काठमाडौ सम्पर्क मञ्चद्धारा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भई काठमाडौंमा अरहेका गौरीशंकरका स्थानीय मतदाताहरुसँग भेटघाट गरी औपचारिक चुनावी अभियान सुरु गरेका बताइन् । उनले नेपालीहरुको दोस्रो चाड ...
एमालेले गौरीशंकरमा उपनिर्वाचनका लागि उमालाई उम्मेदवार बनाउने

एमालेले गौरीशंकरमा उपनिर्वाचनका लागि उमालाई उम्मेदवार बनाउने

ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
दोलखा । नेकपा एमालेले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार घोषणा गरेको छ । नेकपा एमाले गौरीशंकर पालिका पार्टी कमिटिको बुधबार बसेको बैठकले उपनिर्वाचनमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पालिकामा उपनिर्वाचनका लागि उम्मदवारी दिएकी शेर्पा गौरीशंकर–७ सिम्पाश्वर मार्बुका उद्यामी एवं समाजसेवि महिला हुन् । उनी लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवा र व्यवसायमा संलग्न रहेकी छिन् । गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा निधान भएको थियो । उक्त रिक्त रहेको पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । एमाले गौरीशंकर पालिका पार्टी कमिटीको बुधबार बसेको बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि शेर्पाको नाम टुंगो लगाएको नेकपा एमाले दोलखाका सचिवाल...
काठमाडौंमा माओवादी केन्द्रको खबरदारी आमसभा, फोटो फिचरसहित

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी आमसभा, फोटो फिचरसहित

ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा आयोजना गरेको छ । सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादी केन्द्रले खबरदारी कार्यक्रम आयोजना गरेको हो । माओवादी केन्द्रले सरकार बिरुद्ध आयोजित खबरदारी आमसभा हुनुअघि खबरदारी जुलुस निकालेको थियो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा सुरु भएको जुलुस सुन्धाराबाट सुरु भएको थियोे । जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह अगाडि खबरदारीसभामा परिणत भएको थियो । खबरदारी सभालाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गरेका थिए । फोटो फिचर  ...
सहकारी ठगीका अभियोगमा पक्राउ परेका रविलाई सात दिन थुनामा राख्न आदेश

सहकारी ठगीका अभियोगमा पक्राउ परेका रविलाई सात दिन थुनामा राख्न आदेश

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुुुसन्धान गर्न अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको थियो । उनको बयान नसकिएको कारण म्याद थप गर्नु परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए । प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई असोज २ गते शुक्रबार जिल्ला अदालत, कास...
माओवादी केन्द्रले गौरीशंकरमा उपनिर्वाचनको उम्मेदवारमा निमलेकी शेर्पालाई सिफारिस

माओवादी केन्द्रले गौरीशंकरमा उपनिर्वाचनको उम्मेदवारमा निमलेकी शेर्पालाई सिफारिस

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दोलखा । गौरीशंकरमा हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रको विहीबार बसेको पालिकास्तरीय बैठकले उपाध्यक्षमा निम्लेकी शेर्पालाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला कमिटी सदस्य समेत रहेकी शेर्पालाई पार्टीबाट सर्वसम्मत उम्मेदवार बनाएको पालिका कमिटीका अध्यक्ष युग बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन आयोगले पुरुष अध्यक्ष भएका स्थानीय तहमा उपाध्यक्षका लागि महिला उम्मेदवार उठाउनुपर्ने नियामावली बनाए बमोजिम माओवादी केन्द्रले पार्टीबाट महिलाकै नाम टुंगो लगाईएको अध्यक्ष बस्नेतले बताए । उपनिर्वाचनका लागि उम्मेदवार भएकी शेर्पा गौरीशंकर गाउँपालिका–७ मार्बुकी स्थानीय हुन् । गौरीशंकर पार्टी कमिटीका कोषाध्यक्ष रहेकी उनी स्वास्थ्य स्वयंसेविका हुन । बैठकले नवराज खड्काको नेतृत्वमा १०१ जनाको निर्वाचन परिचालन समिति समेत ग...
गौरीशंकरको उपनिर्वाचनमा माओवादी एक्लै उम्मेदवारी दिन्छ: अध्यक्ष प्रचण्ड

गौरीशंकरको उपनिर्वाचनमा माओवादी एक्लै उम्मेदवारी दिन्छ: अध्यक्ष प्रचण्ड

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पार्टीले एक्लै उम्मेदवारी दिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आगामी मंसिरमा हुने उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिने बताउनु भयो । निर्वाचन आयोगले आगामी मंसिर १६ गते देशभर रिक्त रहेको स्थानीय तहमा उपनिर्वाचनको घोषणा गरिसकेको छ । त्यसक्रममा अध्यक्ष दाहालले गौरीशंरकरमा हुने उपाध्यक्ष पदको उपनिर्वाचनमा माओवादी एक्लैले उम्मेदवार दिने र चुनाव जित्ने गरि तयारी गर्न आग्रह गरे । अध्यक्ष दाहालले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जाने बताउनुभयो । त्यसको सुरुव...
प्रधानन्यायधीस सिफारिसबारे निर्णय हुन सकेन

प्रधानन्यायधीस सिफारिसबारे निर्णय हुन सकेन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निर्णय टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकमा प्रधानन्यायधीस सिफारिसबारे छलफल भएपनि निर्णयमा पुग्न नसकेको हो । बालुवाटार स्रोतका अनुसार छलफलमा प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । तर कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा उपसभामुख ईन्दिरा राना मगरले आफ्नो विषय उठाएकी थिईन् । त्यसैगरी, संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।...
कोशी सरकारमा कांग्रेसको भुपेन्द्र राई नेतृत्वमा सहभागी, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

कोशी सरकारमा कांग्रेसको भुपेन्द्र राई नेतृत्वमा सहभागी, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । कोशी प्रदेशमा प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ । शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्। कांग्रेसबाट सरकारमा सहभागी भएका राईलाई भौतिक पूर्वाधार मन्त्री, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री बन्दा सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै भूमि राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्री बनेका छन् । तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै कोशी प्रदेशमा दुई राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ।...
ओलीले देउवालाई दोसल्ला ओढाएर दिए जन्मदिनको शुभकामना

ओलीले देउवालाई दोसल्ला ओढाएर दिए जन्मदिनको शुभकामना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोसल्ला ओढाएर जन्मदिनको अवसरमा बधाई एवं शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको बधाई दिदै शुभकामना दिएका हुन् । दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले लेखेका छन् आज पूर्वप्रधानमन्त्री एवं मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी । त्यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान प्रमुख तीन दलका नेताहरु बीच समयसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज