
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ बा २० च ७२६६ नम्बरको बोलेरो दुर्घटना हुँदा गौरीशंकर–३, झ्याँकु ७५ की कालि शेर्पा र अन्दाजी बर्ष ५५ की पसि शेर्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा ४ जना घाइते भएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताउनु भयो । दुर्घटनामा चालक मिङमार शेर्पा ,अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्वार गरेर सिंगटी प्राथमिक अस्पतालमा लगिएको छ । बलेरो जिप अनियन्त्रित भएर ४ नम्बर वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।...