
प्रहरी उपरीक्षक दिपेन्द्र शाहीद्वारा असईमा बढुवा हुने वरिष्ट हवल्दारलाई दर्ज्यानी चिन्ह सुशाेभित
प्रहरी सहायक निरीक्षक दर्जामा बढुवा हुनुहुने वरिष्ट हवल्दारहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
धादिङ / नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको निर्णय अनुसार प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहाय निरीक्षक पदमा पदोन्नति हुने प्रहरी सेवकलाई जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले दर्ज्यानी चिन्हद्वारा सुशाेभित गर्नु भएको छ ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी सहायक निरीक्षकहरूमा शिव बहादुर रेग्मी‚ केशव पौडेल र विष्णु नेपाली रहनु भएको छ।
कार्यक्रममा बाेल्दै कार्यालय प्रमुखले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी कर्मचारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो र नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्ष...