
कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ
Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो ।
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो ।
कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...