
साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।
नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...