
दोलखामा बोलेरो दुर्घटना हुँदा ३ जना घाइते
दोलखा । गौरीशंकर गाउँपालिका–६, चंखुमा बलेरो दुर्घटना भएको छ । सिंगटीबाट मार्बुका लागि हिडेको बा.प्र.००३–२३ च १८३३ नम्बरको बलेरो नाक्दिङमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
बोलेरो मंगलबार बेलुका करिब ५ बजे दुर्घटना भएको स्थानीयले वताएको छ । सो बोलेरोमा सवार तेन्जी शेर्पा, रिन्जी शेर्पा र चालक शुक्छिरी शेर्पा घाइते भएको छ । घाइते उनीहरूको सिंगटी प्राथमिक अस्पतालमा उपचार भइरहेको सिंगटी इलाका प्रहरी कार्यलयले जनाएको छ ।
सो बलेरो ग्रामीण सडक कच्ची भएको हुदाँ उकालोमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।...