
बाढीपहिरो अपडेट: ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता
काठमाडौ: अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर १ सय १२ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार आइतबार बिहानसम्म विपदमा परी ६८ जना बेपत्ता भएका छन् भने एक सय भन्दा बढी घाइते भएका छन् ।
गृह मन्त्रालयले अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा ६८ जनाको नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
त्यस्तै, उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।...