Day: २०८१ भाद्र २१, शुक्रबार

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिलाई निरन्तरता, अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिलाई निरन्तरता, अन्तरिम आदेश खारेज

Breaking News 2, ट्रेन्डिङ, समाचार
काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिले निरन्तरता पाउने भएको छ । नेपाल प्रहरीमा सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै ३० वर्षे सेवा अवधि कार्यान्वयन गरेको हो । सर्वोच्चको यो आदेशसँगै नेपाल प्रहरीका नायब महानिरिक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जना एकैसाथ अवकाश हुने भएका छन् । उनीहरुको ३० वर्षे सेवा हद लाग्ने भएकाले सेवा अवधि सकिएको हो । प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि, उमेर हद र कार्य अवधिमध्ये जुन पहिले आउछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था रहेको छ । जसअनुसार ८९ प्रहरी ३० वर्षे सेवा अवधि पूरा भएका कारण अवकाश हुने भएका हुन् ।...
रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

Breaking News 1, Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
नेपाल टेलिकमको प्रबन्धमा संगीता पहाडी नियुक्त

नेपाल टेलिकमको प्रबन्धमा संगीता पहाडी नियुक्त

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पहाडीलाई चार वर्षका लागि टेलिकमका प्रबन्ध निर्देशक नियुक्त गरेको हो । पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकमको तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेको थियो । त्यसपछि सरकारले अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीलाई निमिक्त प्रबन्ध दिएकी थिइन् । त्यसैगरी, तत्कालीन ...
देशभर आज तिज पर्व मनाइँदै

देशभर आज तिज पर्व मनाइँदै

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति
काठमाडौं । नेपाली हिन्दु नारीहरुले आज महादेवको पुजा आरधना गरी तिज पर्व मनाउँदैछन् । आजको दिन ब्रत बसी शिव पार्वतीको पुजा, उपसना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । आज बिहानदेखि विभिन्न मठमन्दिरमा नेपाली नारीहरुको घुँइचो लागिरहेको छ । काठमाडौँस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले तिज पर्वले समाजमा भातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाउने बताउनुभएको छ । राष्ट्रपति पौडेलले तिजको अवसरमा आज शुभकामना सन्देश दिँदै लाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तिज सबैमा नयाँ उत्साह लिएको बताउनुभयो ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज