
कुलेखानीको जलशय भरियो, दुईवटा ढोका खोल्यो
काठमाडौं । अविरल वर्षाको कारणले कुलेखानी जलशयमा जलसतह भरिएपछि दुईवटा ढोका खोलिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान करिब ५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) खोलिएको हो ।
ओभर फ्लो भएपछि जलशयको ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको थियो ।
कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् ।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपर क्षेत्रका स्थाानीय बासिन्दाहरुलाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको छ ।
त्यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका...