मनोरञ्जन

‘तिहार फ्लोरा एक्स्पो–२०८१’ सुरु

‘तिहार फ्लोरा एक्स्पो–२०८१’ सुरु

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, मनोरञ्जन, समाचार
काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ सुरु भएको छ । आजदेखि भृकुटीमण्डपमा तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने मुल नाराका साथ पाँच दिने तिहार विशेष फ्लोरा एक्स्पो सुरु भएको हो । आजदेखि जारी उक्त प्रदर्शनी १३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहेको आयोजकले जनाएको छ । करिब ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने समेत आयोजकले जनाइएको छ । मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रि वितरणको लागि राखिएको छ । सा...
आज विजयादशमी, टीका र जमरा लगाइँदै

आज विजयादशमी, टीका र जमरा लगाइँदै

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन हो । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसा...
आज दशैको सातौ दिन, घरघरमा फुलपाति भित्राइदै

आज दशैको सातौ दिन, घरघरमा फुलपाति भित्राइदै

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । आज दशैको सातौ दिन अर्थात फूलपाती । आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ । त्यसैगरी, हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जि...
घुमन्ते मन शंखपार्कमा अडिएपछि, फोटोफिचरसहित

घुमन्ते मन शंखपार्कमा अडिएपछि, फोटोफिचरसहित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, फोटो फिचर, बागमती, मनोरञ्जन, विचार
काठमाडौं महानगरले बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री, हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर शंख पार्क तयार पारिएको छ । यस पार्क काठमाडौं महानगरपालिका वडा नंं ४, धुम्बाराहीस्थित करिब २२ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको छ । काठमाडौमा भएका पार्कहरु मध्ये यो पनि एउटा सुन्दर पार्क मानिन्छ । यहाँ पार्कमा विभिन्न फूल र बोटबिरुवाहरु पाइन्छ । यो पार्क चक्रपथ नजिकै भएको हुदाँ यहाँ घुम्न, व्यायम गर्न, र विभिन्न कार्यक्रम, चलचित्र, म्युजिक भिडियो, टेलिफिल्म लगायत छायांकन पनि हुने गर्छ । अहिले महानगरले पार्कमा शौचालय, शंखपार्कको स्तम्भ, खुला स्थान, बेन्चहरू, चौतारो, रूखहरू, बोटबिरुवा, छहारी जस्ता संरचना निर्माण गरेका छन् । महानगरले २०७२ सालको विनाशकारी भूकम्पपछि ३ करोड ४ लाख रुपैंयाको लागतमा पार्कको पुर्ननिर्माण गरेका थिए  । काठमाडौंमा धुलो धुँवा भीडभाड र कोलाहलपूर...
‘टुहुरी’मा द्धन्द निर्देशक गुरुङको जन्मोत्सव

‘टुहुरी’मा द्धन्द निर्देशक गुरुङको जन्मोत्सव

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको चर्चित द्धन्द निर्देशक जनक गुरुङले चलचित्र 'टुहुरी' निर्देशन गर्नुहुदै जन्मोत्सव मनाउनुभएको छ । चलचित्रकर्मी जनक गुरुङले स्याङ्जामा छायांकन भैईरहेको चलचित्र 'टुहुरी' निर्देशन गर्नुहुदै जन्मोत्सव मनाउनु भएको हो । लम्जुङ जिल्लाको दुधपोखरी गाउपालिका ६, ओखरी पुख्यौली थलो भएका चलचित्रकर्मी गुरुङ हाल सुन्दरबजार नगरपालिका ९, भोटेओडार गुरुङ गाउँका स्थायी निवासी हुन् । उनको जन्म वि.स.२०२८ सालमा भएको थियो । उनले आज असोज १६ गते बुधबार परेको जन्म दिनको अवसरमा नयाँ चलचित्र 'टुहुरी' छायांकन गर्नुहुदै कलाकारहरुसँग शुभकामना आदनप्रदान गरी जन्मोत्सव मनाउनुभएको छ । निर्देशक गुरुङले छायांकन भैइरहेको गुरुङ संस्कार र संस्कृतिमा आधारित नयाँ चलचित्र 'टुहुरी'मा निर्देशन गरिरहनुभएको छ ।   नेपाली चलचित्रको क्षेत्रमा २०४७ सालदेखि द्धन्द कलाकारबाट प्रबेश गरेका ग...
चलचित्र ‘टुहुरी’मा दुई नायिकाको डेब्यू

चलचित्र ‘टुहुरी’मा दुई नायिकाको डेब्यू

Breaking News 2, कला/साहित्य, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
किशोर कुमार गुरुङ, स्याङजा । नेपाली कथानक चलचित्र 'टुहुरी'मा दुई नायिकाले डेब्यू गरेकी छिन् । स्याङजाको ज्यामिरेमा छायांकन भैईरहेको नेपाली चलचित्र 'टुहुरी'मा दुई नायिकाले डेब्यू गरेकी हुन् । नेपाली कलाकारिता क्षेत्रमा अनुभवी र लामो समयदेखि म्युजिक भिडियोमा मोडलिङ गरेकी नायिका रिना गुरुङ र इशा गुरुङले चलचित्र 'टुहुरी'मा डेब्यू गरेकी हुन् । उनीहरुले लामो समयदेखि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । चलचित्रमा डेब्यू गरेकी नायिका रिना गुरुङले यसअघि नेपाली कलाकारिता क्षेत्रका म्युजिक भिडियोमा मोडलिङ गरेकी छनभने अर्का नायिका इशा गुरुङले सन् २०२२ को मिस तमुस्योको उपाधि जितेकी थिइन् । इशाले म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् । चलचित्र क्षेत्रका बरिष्ठ द्धन्द निर्देशक एवं नेपाली चलचित्रको हस्ती जनक गुरुङद्धारा निर्देशन गर्नुभएको 'टुहुरी'मा चलचित्रकर्मी एवं अभिनेता रविन गुरुङले सह...
चलचित्र ‘टुहुरी’ ज्यामिरेका बाल कन्यादेवि मन्दिरमा पुजा गरी छायांकन शुभारम्भ, फोटो फिचरसहित

चलचित्र ‘टुहुरी’ ज्यामिरेका बाल कन्यादेवि मन्दिरमा पुजा गरी छायांकन शुभारम्भ, फोटो फिचरसहित

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
स्याङ्जा । नेपाली कथानाक चलचित्र `टुहुरी'को छाँयांकन सुरु भएको छ । चलचित्र 'टुहुरी' स्याङ्जास्थित ज्यामिरेको गुरुङ गाँउका बाल कन्यादेवि मन्दिरमा पुजा गरी औपचारिक छायांकन सुरु गरिएको हो । सोमबार भदौ शुक्ल पुर्णिमाको साइत पारेर औपचारिक छायांकन सुरु गरेको चलचित्र 'टुहुरी'लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङ र निर्मता चीज गुरुङले संयुक्त रुपमा पुजा गरी छायांकन शुभारम्भ गर्नुभयो । चलचित्र छायांकनको शुभआरम्भ गर्नु अघि निर्मता, कलाकार तथा स्थानीय सहयोगीहरुले मन्दिरमा पुजापाठ गरिएको थियो । चलचित्र 'टुहुरी'मा निर्देशन जनक गुरुङ र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुभएकोछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुभएकोछ । चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहाद...
‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा छनौट

‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा छनौट

कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएकोले अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो । समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस भएको बताए । यसको औपचारिक घोषणा शुक्रबार भएको हो । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ । नेपालको छनोट समितिले फिल्मलाई नोभेम्वरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस(एन्जलसमा आयोजना हुँदैछ । ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ ।...
चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

Breaking News 2, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली कथानाक चलचित्र "टुहुरी"को छाँयांकन आगामी असोज १ गतेदेखि हुने भएको छ । चलचित्र "टुहुरी"को छाँयांकन स्याङ्जा जिल्लाको ज्यामीरेमा आगामी असोज १ गतेदेखि हुन लागेको हो । आगामी असोज १ गतेदेखि छाँयांकन हुनलागेको चलचित्र "टुहुरी"लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङले निर्देशन र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुहुनेछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुहुनेछ । सो चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ र रश्मि गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर र मेकअप...
रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

Breaking News 1, Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज