
फुटको संघारमा एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका माधव नेपालले पार्टीमा आफ्नै गुट सक्रिय पारेपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।
पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नै गुट संचालनमा सक्रिय भएपछि पार्टी कमजोर हुने भन्दै पार्टीका प्रभावशाली नेता तथा सांसद असन्तुष्ट बनेका हुन् । दशौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्विरोध चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गरिएको थियो ।
सुरुमा अध्यक्षको तजबिजमा आफू अनुकुल केन्द्रीय सदस्य मनोनयन गरेर उनीहरुमार्फत आफू अनुकुल पदाधिकारी निर्वाचित गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । पदाधिकारी चयनका लागि भएको चुनावमा पनि अध्यक्षले नै आफू निकटलाई मात्रै भोट हाल्न केन्द्रीय सदस्यहरुलाई निर्देशनात्मक चिट बाँडेपछ...